KALO KABITA

नेपाल आमाको सौतेनी छोरा आज पनि कुनै कन्दरामा छुर्पी बनाउने गर्छ
उसको गाउ माथिको हिमताललाई ज्वोरो लागेको छ रे
झाक्रीहरु कहिलेकाहिँ हेलिकोप्टरमा आउने त गर्छन तर ज्वोरो निको पार्न सक्दैनन् अरे
किन हो किन, हिजो आज घन्टी भनेको दुर्घटनाको मात्रै हुन्छ भन्ने लाग्न थालेको छ
त्यो चौरीलेलाउने घन्टी बेस्सरी बज्यो भने पनि मन तर्सिन्छ अरे
यो आवाज त सुनसान जंगलमा मान्छे ले भरेको रंगको हो
तर त्यो कालो चौरीलाई के थाहा कालो Carbonको कथा
उसको गोठालो प्रगति गर्दै छ नि त
जब जंगल जंगल मा परागका फालिएको खोल हरु भेटिन थाल्छन
तब जंगल जंगल रहदैन
यो त मानब शभ्यताको जंगलीपन हो
तर यो मानब ले बुझ्न सक्दैन प्रकृति
खै किन हो आज वर्षा बेलामा आउदैन
मैले त केहि पाप गरेको छैन,
उ देउता लाइ चट्ट एउटा भाले चडाउछ
मेरो त केहि दोश पनि थिएन थिएन,
म त सधै आछु आछु गर्दै सुत्छु हर रात
संसारनै तताउने जति आगो न मेरो रगतमा थियो न पसिनामा
बिना कारण कुटाइ खाने कुकुर सरि भयो यो हाल मेरो
मैले त कार्बनको भाषामा भुक्न पनि जान्य छैन, थुक्न पनि जान्य छैन

नेपाल आमाले आफ्नो जेष्ठ पुत्र काठमान्डौलाई भन्छिन
बाबु के हो ?
सहर हुनु त दिल्ली जस्तो हुनु, हेर त क्या क्या बस गुडाउछ
क्या क्या मल ठड्याउछ
स्तम्भ ठड्याउनु त पेरिस जस्तो ठड्याउनु
तैले त जाबो धरहरापनि सम्हाल्न सकिनस्
आज निस्वास छ काठमान्डौ
उसको क्षितिजमा सडकले फागुखेल्ने गरेको छ
उत्तर दिने नेता हुन्छ अरे , कवि उत्तर हिन
काठमान्डौ उत्तर हिन, एक्लो घोत्लिएको कबि जस्तो
घोक्राएर बसेको छ
उसको मगज मा रक्त्तसंचार गर्न न सक्ने उसका मति हरु
बागमती र बिष्णुमतिहरुले तेति oxygen बोकेका छैनन्
नेपाल आमाको प्रश्नको उत्तर दिन उसको physiology ले नै भ्याउदैन अरे

त्यहि काठमा प्वाल परेको झ्याल बाट हेरे जस्तै भानुका चापलाहरु देहलीका मेम साहेब हरु जस्तै
अनुहार छोपेर हिड्ने गरेका छन्
उनीहरुको हावासँग त्यति राम्रो सम्बन्ध छैन
अल्झिएको अलकापुरी यो, पहिचानको राजनीतिले उत्तेजित
आफ्नो भानु पर्यन्त पहिचानको खोजीमा रुमलिएको छ
यो अल्झिएको अलकापुरी

उसको माटोले बनेको मुटुमा
उसलाई प्रेम गर्ने उसका शासक हरु
उसको माटोमा सुगन्ध भर्ने उसका भरियाहरुले
सपना लाइ प्लास्टिक मा पोको पारेर गाड्ने गरेको पँचासौ बर्ष भैसक्यो
उ पनि आफ्नो इतिहास खोतल्न
कहिले शिवपुरी त कहिले चोभार, त कहिले landfill site हरु चहार्ने गर्छ
हर साँझ हवामा एक सांज जगाउछ काठमान्डौ
अनि उदाङ्गो नाङ्गो ताण्डव नृत्यगर्दै यो पशुपतिनगर
धुँवा उडाउने नन्दीहरुको भीडमा दम दम दम दम दहाड गर्छ
नगर बजाउछ, १२ भोल्टको DC powered पन्चे बाजाहरुमा
चुरोट त खाँदिन भन्थयो काठमान्डौ
तर उसको फोक्सो सगरमाथा लाइ थाम्ने कालो पत्थर जस्तो भएको छ
नेपाल आमाले अब कान्छो छोराहरु तीर आश गर्न लागेकी छ
कतै यो जन्म सिद्ध अधिकार टुटेको संकेत त होइन?
न सोध्नु मलाई उत्तर कवि हरु ले दिँदैन्न अरे