भन्नुस् कमरेड

हेर्नुस कमरेड
एक पटक
माटो खनेर
तपाईले काटेका केहि टाउकाहरु
आज शरीरसँग जोडिए कि ?

एक पटक हेर्नुस कमरेड
अर्काको हातको रगत
पाप्रा पाप्रा भएर
कतै त्यो तपाईकै हातमा त टाँसिएन !

अनि भन्नुस् कमरेड –
हामीले क्रान्तिको कुन दाम पत्याउने?
हामीले क्रान्तिको कुन नाम पत्याउने?
हामीले कुन वाम पत्याउने?

-समीप ढुङ्गेल

Advertisements

Cornflakes

Wake up
Have some cornflakes
Go to the work place
So you can keep buying the cornflakes
Man, is this what it takes
To keep repeating the same takes
Repeating the same route
Baking the same cake?
No icing no sugar
Just a damn dry lake
I would not be wrong to
Call this a mistake
Man, we lost in our own lives
Trying to make sense of all this red tape
Living like livestock
We are living for slaughter
Living to afford college
For us, then our sons and daughters
Living to buy things
Trying to win over the taxes
This city is Never quiet: no lull
the mind never relaxes
I take my life and measure it in baskets
I put the things I consume
Swear it looks like a casket
I could tell it like it is
Man, it’s easy if you a class kid
For Mass kid, there aint much hope
Other than begging and asking
From kulfi suckers
To the lickers of Robin who’s basking
No Messiah here
Why are we masking
The dread of life that we are asking
Flashy clothes to pack our ass in
And toilet paper to keep the ass clean
Put on a little saffron so we can mask sin
Climbing up the ladder put the Task in
make sure your not the one who’s last in
Making life
Faking shit
The cars the booze and not looking shit
Put a gold chain around your neck
The gold pain around your neck
A great Dane with a collar I the great neck
Take a good picture of your life
For zuck’s sake
Get a job that pays you dollars
Be a hustler not a scholar

They want me to be motivated
Like a bird who’s gotta find his nest and
Find a mate to do the nest thing
They say this nestling, is the best thing
You can have a nice life
Get a good life
Find a place to live
Buy some cornflakes
Then go to the work place
So you can keep buying that cornflakes

guru sir

सुने,

छन्द छन्दमा,

मन्द मन्द लयहरुमा,

केहि सजिला अनि केहि नाम भन्दै प्रलय ल्याउलान्  जस्ता छन्दहरुमा सुने,

मैले सानो छदा- बडो धेरै भावहरुमा कविता सुने,

 

भावको पोखरीमा बहाव धेरै भए पछि

मैले बडो गहिरो खोलाहरुko डिलमा बसेर सुने,

धेरै खाले कविता सुने, प्रेम गीत सुने, हास्य गीत सुने

पिडा गीत सुने, मन छुने कल्पना गीत सुने

तर ,

सबसे मज्जा त मलाई देशभक्तिका कविताहरु लाग्थे,

वीर रसमा लेखिएका, के भन्छन् वीर रसलाई englishमा

brave juice ,

brave juiceमा बिझेका कविताहरु,

क्रान्तिका कविताहरु, revolutionary poems

आमालाइ पुकार्ने कविताहरु,

त्यो आउने छ, पक्कै आउने छ आमा- क्रान्तिको बिगुल फुकेर आउने छ

रेडियोमा गाना पनि मज्जाको-

” जननी जन्म भुमिस्च: स्वर्गा दपी गरियसी “,

 

अनि देशभक्तिको अर्को पाटो

आफ्नो मात्र हो र,

TVमा भारतको देश भक्तिका गीत पनि रमाइलो नै लाग्थ्यो

भगत सिंहहरुले गाउने- ” सर्फरोसी कि तमन्ना ” हरु पनि रमाइलो लाग्थ्यो

जे होस्, देश भक्तिको सर्फरोश –  बच्चै बेला देखिन् दिलमा  अवस्थित थियो !

 

तर पुरानो ज्ञान, देश भक्ति एकतिर  र Englishको उन्मत्तता अर्को तिर

यो दुइ रसको मिश्रणमा  भिजेको हाम्रो education सिस्टमले

हामीलाई बिशेष बिशेष परिस्थितिमा पार्थ्यो

हामी हाम्रो नेपाली शिक्षकलाई

के  भनेर बोलाउने भनेर  confuse हुन्थ्यौ

त्यसैले उहाँलाई  – “नेपाली गुरुसर” भनेर बोलाउथ्यौ,

यो हाम्रो परिस्थितिको नमिठो cocktail थियो !

र मलाई याद छ  इस्कुलमा हाम्रो  नेपाली गुरुसरले पनि भन्नु हुन्थ्यो

ठुलो भएपछि देशको सेवा गर्नु,

देश आमा हो !

अनि हाम्रो समाजिक शिक्षा पढाउने सोसिअल सरले पनि

“serve your country, serve democracy” भन्नु हुन्थ्यो   

Sir संग आज भेट भए, sir देश र democracy त  फरक कुरो हुँदो रैछ भन्ने थिए !

 

तर यसरी हुर्किएको हामीलाई

English र नेपाली बीच balance गर्न आउदैन थियो , त्यसैले दुइटै लाई जोडी दिम्थेम्  

गुरु र sir बीच balance गर्न आउदैन थियो,  त्यसैले दुइटै लाई जोडी दिम्थेम्   

देश र आमा बीच balance गर्न आउँदैन थियो, त्यसैले दुइटै लाई जोडी दिम्थेम्   

जन्म भुमि र स्वर्ग बीचमा balance गर्न आउँदैन थियो ,  त्यसैले दुइटै लाई जोडी दिम्थेम्   

त्यसैले त जननी जन्म भुमिस्च, स्वर्गादपी गरियसी

 

तर दिनानु दिन, आफ्ना साथीहरु विमानस्थल बाट बादलतिर उकालो लागेको देख्दा, त्यो उभो गमनको मनन गर्दा !  

लाग्छ,  

सायद देश र आमा, लाई यतिकै जोड्न मिल्दैन थियो

जन्म भुमि र स्वर्गलाई  यतिकै जोड्न मिल्दैन थियो

 

 

क्या पता

जिस तरह से होंठ घुमते नही,
उस् आवाजका मैं रियाज करु
तेरे दिलमे गुम कोहि गीत, क्या पता मचल उठे

आज किसी और जुबानमे
तुझ्से प्यारका इस्तिहार करु,
तेरी दिलकी ठेहरी हुई कोहिँ झील, क्या पता सेहल उठे

The woman from Dillibazaar

​She measured the earth in multiples of the distance between her home and the farthest city she has ever been to,Dharan.  She asked me if where I came from was farther than her reference town. She looked at my face as if she could see the dirty ponds and the dusty streets of my home town, I looked back at her trying to find traces of Kathmandu, the city that has spawned her whole ancestry, but all I could find was a small intersection,one among many of intersections of Kathmandu, at most I could see parts of Dillibazaar .

When she smiled to bid me goodbye, her smile didn’t look like Dillibazaar, it looked like Dharan.

I wonder if, when I look into the mirror, I will ever be able to recognize the city I carry in my smile.

साइला दाइ

साइला दाइ- सारै रमाइलो मान्छे,

सधै उज्यालो

अनुहार पनि सूर्यमुखी फुल जस्तो

हसिलो, रंगले चम्किलो,

अल्गो, फरासिलो,

मानौ – खुसी नै बोकेर हिड्थे मनको झोलामा

किलो किलो !

 

मलाई याद छ –

कहिले काँही बाटोमा भेट्दा –

जब भै सकेको हुन्थ्यो -मलाई कलेज जान धेरै ढिलो,

बाटोमा मोटरसाइकिल रोकेरै बोलाऊथे – ” ए, एता आउ त हिरो !”

 

बुवालाइ कस्तो,

आमालाई कस्तो,

बुनेलाई कस्तो !

परिवारको बारेमा मात्रै सोधे त हुन्थ्यो नि

तिमि सँग सधैँ हिडीरहने नानीलाई कस्तो ?

जे पनि सोध्थे बुढाले – हासी हासी !

कस्तो राम्रो जुत्ता बाबु, महँगोकि सस्तो

मुस्ताङ्गको हावाजस्तो

शितल

हाम्रो टोलको साईला दाइँ

 

साइला दाइकि बुढी, त्यो हेमन्त राना कि साइली जस्तै,

त्यति सारो रुने चाही हैन, तर मिजासि,

उहा पनि त्यसतै,

बुवालाइ कस्तो,

आमालाई कस्तो,

बुनेलाई कस्तो !

 

उनको छोरोले कोरियामा राम्रो काम पाको,

अस्ति भर्खर दुइ वर्ष पछि, बल्ल दशैंमा टिका लाउन आको,

मेरो इस्कुलमा म आठमा पढ्दा- साइलादाईको छोरा, १०मा पढ्थे

फुटबल  खुब खेल्थे !

घर बार ऋण गरेर विदेश गाको,

“साइलाको छोरोले- बिस्तार पैसा तिर्ने आटो” –

टोल भरिमा कसको सन्तानले के गर्यो

यस्तै हल्लाले भरिएको हुन्थ्यो मेरो टोलको बाटो,

 

चोकको भित्रि पसलहरु- जहाँ वडा कार्यालयले फत्ते लाउन नसकेका मुद्दा

सब मिलि फत्तेलाउथे,

त्यो पसल छेउमै साइला दाइको घर,

सारै मिलेको, मानौ चिठ्ठामा परेको जस्तो

साइला दाइको त्यो घर भित्र बस्ने परिवार,

 

तर धमिरा लागेको उनको मनको बारे कसले अड्कल काट्यो,

सब ठिक छ नि बाबु- साइला दाइको यो प्रश्नको जबाफ- honest भएर कसले उत्तर  साट्यो !

उनको हासोको उज्ज्यालोमा तिरिमिरी भएको हामिले, किने उनको त्यहि

सुर्य जस्तो चम्किलो, आँखाहरुको

दुइ centimeter माथी चिन्ताको रेखा – कसले देख्यो !

 

“चिन्ताले चिता सम्म डोर्याउछ ”  भन्थे –

साइला दाईले अस्ति एकान्तमा – एक्लै

भाउजुलाई सधै एक्लै छोडेर गए रे

मर्द भएर होला उनलाई यो समाजले रुन पनि दिएन

मन त सबैको कमलो हुन्छ, उनलाई एकछिन पनि कमजोर हुन पनि दिएन,

सारै रमाइलो मान्छे साइला दाई, साइला दाइलाई कसैले रिसाउने नि दिएनन्

जिन्दगीको भारि त गार्हो नै हुन्छ, कसैले भारि बिसाउन नि दिएनन्

भन्छन्- कायर भो रे साइला दाइ

बौलाहा जस्तो के गरेको यस्तो !

 

सायद कसैले सोध्ने भ्याएनन क्यारे साइलादाईलाइ-

ए साइला, दाइ !

तपाइँलाई  कस्तो,

घरमा कस्तो !

छोरोलाई कस्तो !

किन हो साइलादाई तिमि दुब्लाएको यस्तो

थकित देखिन्छौ त साईला, किन हो यस्तो !

ए साइला, दाइ !

तपाइँलाई कस्तो !

लौ! लौ लौ !

त्यति गाह्रो छैन बुझ्न,
कल्पना नै गरे नि हुन्छ
तलाउको पानिमा ढुङ्गा फ्याके जस्तै हो,
तिम्रो कमलो छातीमा राज्यको तातो कोसेली,
तिम्रो १९ बर्षीय सन्तानको गिदी
एक कचौरा मासु पोखिएको जस्तै
सडकमा पोखिएको
अनि त्यो गिदी पनि ,
राज्यको बुटहरुले कुल्चिएको !

कल्पना नै गरे नि हुन्छ
त्यति गाह्रो छैन बुझ्न,
तिमीले त्यो गिदी सडकबाट सोहोर्नु परेको भए –
सायद कम्प्युटरमा बसेर
“लौ! लौ लौ !
आहा, सर हानेछ !” भन्दैन थियौ होला,
कल्पना नै गरे नि हुन्छ,
तिम्री श्रीमतीले पकाएको खाना खान
तिमीहरुको दिपक,
बुलुकी घर उज्यालो पार्न आएन भने,
अनि उसको चिताको रापले मुटु सधैँ चिसो हुने भएको भए
तिमी तिम्रो मेचमा बसेर – कम्प्युटरको स्क्रिनमा गोली पड्किएको
रमाएर हेर्दैन थियौ होला,
आवाज थपडीको र चड्कनको एउटै हुन्छ
फरक छुट्याउन त्यति गाह्रो छैन,
कल्पना नै गरे नि हुन्छ !