साइला दाइ

साइला दाइ- सारै रमाइलो मान्छे,

सधै उज्यालो

अनुहार पनि सूर्यमुखी फुल जस्तो

हसिलो, रंगले चम्किलो,

अल्गो, फरासिलो,

मानौ – खुसी नै बोकेर हिड्थे मनको झोलामा

किलो किलो !

 

मलाई याद छ –

कहिले काँही बाटोमा भेट्दा –

जब भै सकेको हुन्थ्यो -मलाई कलेज जान धेरै ढिलो,

बाटोमा मोटरसाइकिल रोकेरै बोलाऊथे – ” ए, एता आउ त हिरो !”

 

बुवालाइ कस्तो,

आमालाई कस्तो,

बुनेलाई कस्तो !

परिवारको बारेमा मात्रै सोधे त हुन्थ्यो नि

तिमि सँग सधैँ हिडीरहने नानीलाई कस्तो ?

जे पनि सोध्थे बुढाले – हासी हासी !

कस्तो राम्रो जुत्ता बाबु, महँगोकि सस्तो

मुस्ताङ्गको हावाजस्तो

शितल

हाम्रो टोलको साईला दाइँ

 

साइला दाइकि बुढी, त्यो हेमन्त राना कि साइली जस्तै,

त्यति सारो रुने चाही हैन, तर मिजासि,

उहा पनि त्यसतै,

बुवालाइ कस्तो,

आमालाई कस्तो,

बुनेलाई कस्तो !

 

उनको छोरोले कोरियामा राम्रो काम पाको,

अस्ति भर्खर दुइ वर्ष पछि, बल्ल दशैंमा टिका लाउन आको,

मेरो इस्कुलमा म आठमा पढ्दा- साइलादाईको छोरा, १०मा पढ्थे

फुटबल  खुब खेल्थे !

घर बार ऋण गरेर विदेश गाको,

“साइलाको छोरोले- बिस्तार पैसा तिर्ने आटो” –

टोल भरिमा कसको सन्तानले के गर्यो

यस्तै हल्लाले भरिएको हुन्थ्यो मेरो टोलको बाटो,

 

चोकको भित्रि पसलहरु- जहाँ वडा कार्यालयले फत्ते लाउन नसकेका मुद्दा

सब मिलि फत्तेलाउथे,

त्यो पसल छेउमै साइला दाइको घर,

सारै मिलेको, मानौ चिठ्ठामा परेको जस्तो

साइला दाइको त्यो घर भित्र बस्ने परिवार,

 

तर धमिरा लागेको उनको मनको बारे कसले अड्कल काट्यो,

सब ठिक छ नि बाबु- साइला दाइको यो प्रश्नको जबाफ- honest भएर कसले उत्तर  साट्यो !

उनको हासोको उज्ज्यालोमा तिरिमिरी भएको हामिले, किने उनको त्यहि

सुर्य जस्तो चम्किलो, आँखाहरुको

दुइ centimeter माथी चिन्ताको रेखा – कसले देख्यो !

 

“चिन्ताले चिता सम्म डोर्याउछ ”  भन्थे –

साइला दाईले अस्ति एकान्तमा – एक्लै

भाउजुलाई सधै एक्लै छोडेर गए रे

मर्द भएर होला उनलाई यो समाजले रुन पनि दिएन

मन त सबैको कमलो हुन्छ, उनलाई एकछिन पनि कमजोर हुन पनि दिएन,

सारै रमाइलो मान्छे साइला दाई, साइला दाइलाई कसैले रिसाउने नि दिएनन्

जिन्दगीको भारि त गार्हो नै हुन्छ, कसैले भारि बिसाउन नि दिएनन्

भन्छन्- कायर भो रे साइला दाइ

बौलाहा जस्तो के गरेको यस्तो !

 

सायद कसैले सोध्ने भ्याएनन क्यारे साइलादाईलाइ-

ए साइला, दाइ !

तपाइँलाई  कस्तो,

घरमा कस्तो !

छोरोलाई कस्तो !

किन हो साइलादाई तिमि दुब्लाएको यस्तो

थकित देखिन्छौ त साईला, किन हो यस्तो !

ए साइला, दाइ !

तपाइँलाई कस्तो !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s