सेवा व्यवशायी

 

मलाई सज्जनहरु सोध्छन्

कविता के मा लेख्ने ?

म भन्छु अब जे मा लेखे पनि भो

अनि भन्छन् – नाइँ नाइँ !

के मा माने – नोटबुक, ल्यापटप, फोन खाले ???

— —

मानौ एउटा कवि-  काठमान्डू पस्छ

मोफसल बाट – म जस्तै !

सपना ठुलो ठुलो छ

बाटो धुलो धुलो छ

मेरो साथीले कलंकी उक्लदा

सहर भेट्टीन्छ भन्थ्यो

तर यहाँ त् जीर्ण आकाशे पुलको भुतले

पाहुने तर्साउदो रहेछ

मैले  ढाडमा भिरेको मेरो ब्याग

मैले कविता लेख्ने गरेको नोटबुकको घर हो

म कविता कागज मै लेख्ने गर्थे

आमाले घर बाट हिड्दा- जयन्ती मंगला काली भद्रकाली कपालिनी

भनि निधारमा टासेको अक्षता भद्रकाली सम्म न आइपुग्दै

खाल्डोमा गाडी बुरुक्क उफ्रदा

निधारबाट टुप्लुक्क झर्यो

आमाको आसिस  भने दहि अबिर जस्तै

निधारमा शीतल गरि बसेको छ

बसको फोहोरी भुइँबाट चामलका लाल दानाहरु

टिपेर

ब्याग को साइड पकेटमा राखेको छु ।

कविता नोटबुकमा लेखे पनि

फोने नम्बर भने हातमा लेख्ने बानि छ ।

पुरानो बसपार्कमा भेट्ने मेरो साथिको फोन नम्बर

दुवै हात मा लेखेको छु

एउटा मेटिए अर्को जगेडा !

बस पार्कमा भेटि त्यो मित्र मलाई चिया खुवाउन

संकटा लै जान्छ,

“मन्दिरै मन्दिरको सहर हो काठमान्डू !”  भन्छ

तर मैले देखे अनुसार  त शहरियाहरुको शान हिजो आज मन्दिरको होइन

मलहरुको वास्तुकलामा बास गर्दो रहेछ ।

तपस्वीहरु ब्यापारी भएका छन्

ब्यापारीहरु राजनीतिज्ञ अरे

 

कोहि यहाँ कोक बेच्छन् — मैले पनि एउटा किने

सब थोक बिक्छ अरे यहाँ – केहि छैन न बेचिने

 

लालीको भाउ मा जवानी बिक्छ अरे

अनि तालीको भाउमा जुबानी

 

म त मात्र सपना बोकेर आएको छु

यहा २४ घन्टे हात बजारमा

कहाँ थापु मेरो सपनाको  पसल,

 

टोक्रोमा राखेर सडक छेउ, किलो किलोमा बेचु कि ?

 

ठेला गाडामा राखेर – साँझपख डीप फ्राई गरी प्लेट प्लेटमा बेचु ?

 

कि त नाबालिकको नाडी चडाई बस भित्र खुद्रा बेचु ?

 

कि त् म सेवा व्यवसायमा लागु ?

मेरो सपनालाइ एउटा झुत्रे मरणासन्न बच्चाको सज्जामा

पछ्यौरीले ढाडमा बाँधेर हात फैलाउदै हिडु ?

बटुवालाई दान गर्ने मौका दिनु

आत्म श्रेष्ठताको अनुभुति गराउनु पनि त सेवा नै हो !

 

यस्तै यस्तै कुराहरु म भिजेको मनले लेख्ने गर्छु

भिजेको मन र भिजेको कापीको पाना उस्तै उस्तै हुन्छ

लेख्दा लेख्दै कापीका पानाहरु भिजेछन् भने कहिलेकाँही,

त्यो पाना सुखाएर कापी पट्याउछु भन्नु मुर्खता हो;

किन भने भिजेको पाना कहिले उस्तै  रहदैन।

 

अझै भिजेको एउटा पानि च्यात् न

तिम्रो पाना आशक्ति ले दिएन

अनि त्यसै कापी पट्यायौ भने –

लेख्दा लेख भिजेका तिम्रा  पानाहरुको

अश्रु ओशले,

कापी भरि बाँची रहेका अतिरिक्त अक्षर धामील्याउन थाल्छ ।

—-

काठमान्डूका नाक भित्र त्यसैले सज्जनबृन्द

म कविता कम्प्युटरमा लेख्ने गर्छु।

 

 

performed at NPS Coaches Slam, Labim mall. September 2016

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Advertisements

One thought on “सेवा व्यवशायी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s