कुरो यहाँ जग भलाईको छ !

 

ए हजुर , एकछिन यता सुन्नुस त

१०००, २००० पर्ने कविता मेरो कविता

२५०मा ! २५०मा ! २५०मा !

 

हाम्रो कविको जुनी पनि sales forceको जस्तै हुन्छ

कहिले त्यसै sales हुन्छ,

कहिले कविता पनि force गर्नु पर्छ !

 

थपडी  तिर्नुस हजुर

मेरो बोलि, मेरो समय, मेरो सम्मान तपाइँलाई फिरी

भाउ साउ मिलाई दिन्छु, if you buy all three

म बेच्छु हजुर जे पनि

एक नम्बर : बेच्न योग्य हुनु पर्यो,

दुई : हजुरलाई  मन पर्नुपर्यो

अनि: भाउ मिल्नु पर्यो,

गिफ्ट रयाप गरि घरको दैलो सम्मै पुर्याईदिम्ला,

Delivery त मेरो विशेषता हो !

 

काम बन्छ हजुर !

मेरो कविता पनि बिक्छ क्यारे

यो कवि पनि टिक्छ क्यारे !

 

Sales forceको जस्तै हुन्छ मेरो जुनी

सुत्दा राति निन्द्रामा

बढबडाउछु रे कहिले काहीं

हेल्लो हजुर client client भने झैँ

श्रोता श्रोता भनि रहन्छु रे कहिले काहिं

लाग्छ कस्तो हुँदो हो त जुनी, म sales मै लागेको भए

 

बिहान कफीको स्वाद मुखबाट बिलाउन नपाउदै

जिब्रोमा टार्गेट भन्ने शब्दको स्वाद बस्छ

लाग्छ कहिले काहीं म आफै

म्यानेजमेन्टको एउटा ठुलो टार्गेट हुँ ।

टार्गेटको बारेमा यति सोचिन्छ कि

भोलिपर्सि  मेरो सन्तानको नाम पनि-

म टार्गेट नै राख्छु सायद-

लक्ष्य शर्मा !

 

मेरो पुत्र लक्ष्य शर्मा ,

महिनै पिछे – लक्ष्य शर्मा ठुलो हुन्छ ।

हिजो भर्खर १०० कडा १० लाग्ने मेरो लक्ष्य

आज १०० कडा  १५ को भै सकेको छ

भोलि सय कडा २० को लागे भने- कहाँ जाने होला लुक्न !

 

जिन्दगी सजिलो थियो

कुनै जमानामा,  

काठमाडौँको सडक पनि खुल्ला थियो

मान्छे पनि थोरै थिए, कुरा पनि सुन्थे

कलंकी छोडी कोटेश्वोर पुग्न पनि धेरै समय लाग्दैन थियो

अहिले त धुलो, घाम, ट्राफिक जाम

धुलो घाम, ट्राफिक जाम

ए बाबा काम धाम छोडी

घर कहिले जाम ?

 

हेर्नुस  हजुर, जे म बेची रहेको छु

यो त चन्द्रमाको चाँदनी हो

तर तपाईलाई CFL को लालसा छ

गुणस्तर यस्तो ,

महत्व यस्तो,

बडो-राम्रो- बलियो,

तर तपाई खोज्नु हुन्छ

सस्तो !

जजमान, किन हो यस्तो ?

 

सस्तो त, मेरो मेहनत भएको छ

कम्पनीको उदेक लाग्दो भविष्य हटाउन

मेरो मेहनत काम लाग्छ,

वृद्धि, सम्वृद्धि, विकास, उत्पादन, उपज, प्रगति, फाइदा, नाफा

तपाई जे भन्नुस !

सुत्र धार त,

हामी विक्रीसेना नै हौँ,

 

भोलि बिक्रि भएन भने ?

 

जसरी फुलले मौरी आकर्षित गर्न छोडे भने

पुरै ब्रिक्ष नै सुकेर जान्छ

त्यस्तै हामीले हाम्रो काम नगरे

कम्पनि सुख्छ !

 

सर्व ब्याप्त  यस्ता  कुरा !

 

म कवि भैकन पनि

मेरो कविता बेच्न आको छु

बिके भने  मेरो कविता

मेरो सम्पादक पनि बाच्न पाउँदो हो

मेरो प्रकाशकले पनि चार दिन मासु भात खान्थियो कि

छापा खानामा कागज र मसि छ्याक छ्याक गरि रहन्छन्

पुस्तक पसले दिदिको दैलो मा खरिद कर्ता आइ रहन्छन्

मेरो सिर्जनाको लहरोमा बाच्ने को ठुलै पहरो रहेछ  

यस्तै नै हो, क्यारे

बिक्री सेनाका हामि सेनानीहरुले

युद्धमा हामीले, मन मारेको त केवल आफ्नो हो  ;

अरु सबलाइ त जीवन दान दिएकै हो

 

त्यसैले त

सुन्नु होस् ए हजुर,

एकछिन यता !

जग भलाईको कुरो छ यहाँ,

१०००, २००० पर्ने कविता , मेरो बोलि

२५०मा ! २५०मा ! २५०मा !

 

हाम्रो कविको जुनी पनि sales forceको जस्तै हुन्छ

कहिले यस्सै sales हुन्छ,

कहिले कविता पनि force गर्नु पर्छ !

 

 

Performed at Sales Summit, Hyatt , Kathmandu 2016

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s