हर्के र पहिरो

हर्केको  खुब सपना देख्ने बानि थियो । बिहानै  देख्थ्यो । राति  देख्थ्यो। जब सारा सहर बिउझीएको हुन्थ्यो , त्यो बखत पनि हर्के सपना देखि रहेको हुन्थ्यो  । उ निदाएको हुँदैन थियो,  सपना भने देखि रहन्थ्यो । पच्चीस बसन्तमा हर्केले  खुब सपना देख्यो ।

हर्के आफ्नो सपनाहरुलाइ खुब माया गर्छ । कहिले काही भक्त राजको ‘ हजार सपनाहरुको’ बोल भएको गीत  सुनेर उसको मनमा चिसो पस्ने गर्छ । तर पनि हर्के सपना देख्न छोडदैन । उ आफ्नो सपनाहरु बडो जतनको साथ संचय गर्ने गर्छ ।  हर्केले  आफ्नो सपना हरुको मुख आकाश तिर फर्काएर थाक लगाउने गरेको छ ।

समय बित्दै गयो ।

त्यो थाक  निकै चाडै थुप्रो भयो । त्यो थुप्रो ढिस्को बन्यो । ढिस्कोलाइ पहाड बन्न धेरै समय लागेन ।

एक दिन, त्यो पहाडमा किस्मत पर्यो , झर्झर झर्यो भाग्य, जसरि झर्छ असारमा पानि । अनि त्यो पहाडमा पहिरो गयो ।
त्यो पहिरोमा चेपिएर हर्के  निकै घाइते भयो । झन्डै सखाप भएको  ।

हर्केले त्यो सपना स्खलन भएको ठाउमा एउटा रिटेनिङ्ग वाल बनाउने निधो गर्यो । समयले उसलाई हानेको पत्थरहरुलाइ जोडेर बनायो पनि । तितिर बितिर भएका सपनाहरुलाई उंधो फर्काएर सुतायो,  एउटा कृतिम समतल ठाउं  बनायो । बिवस्ताका थाममा कृतिम घर बनायो ।

हर्के थाक्यो अनि  सुत्यो ।

जब हर्के उठ्यो, उसको घर देखेर प्रसंशा गर्न उसका छिमेकीहरु आइपुगेका थिए । हर्के सबैको प्रसंशाको उत्तरमा  एउटा  हाँसो खिस्स फुस्काई दिन्छ ।

त्यहि घरमा बसेर हर्के हिजो आज सुख दुख को विवेचन गर्ने गर्छ । अरु सपना देख्ने हिम्मत छैन उसको, कतै फेरी पहाड उर्लेर आउने हो कि ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s