पहिरो

मैले मेरा सपनाहरुको मुख
आकाश तिर फर्काएर थाक लगाउने गरेको छु ।

त्यो थाक केहि बर्षमा थुप्रो भयो, 
थुप्रो ढीस्को भयो
अनि त्यो ढीस्को पहाड बन्यो ।

एक दिन, त्यो पहाडमा किस्मत पर्यो 

झर्झर झर्यो !
अनि त्यो पहाडमा पहिरो गयो,
त्यो पहिरोमा चेपिएर म निकै घाइते भए ।

मैले त्यो सपना स्खलन भएको ठाउमा
एउटा रिटेनिङ्ग वाल बनाए ।

तितिर बितिर भएका सपनाहरुलाई लाम्बद्द उंधो फर्काएर सुताए
एउटा कृतिम समतल ठाउ बनाए, 
बिवस्ताका थाममा कृतिम घर बनाए,

त्यहि घरमा बसेर म हिजो आज
दुखको सेवा  र सुखको  विवेचन गर्ने गर्छु

बैज्ञानिकहरु मैले बडो राम्रो विपद व्यवस्थापन गरे भन्छन्

जिन्दगी व्यवस्थीत हुनु नै एउटा विपद हो सायद

मन उचाल्ने बाडुलीहरुको कस्तो व्यवस्थापन 

सायद शिर माथिको त्यो सम्झौताको  छानोले

पहिरो थाम्ला, तर मनको कुहिरो थामेन कहिल्यै

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s