तिमीलाई केहि थाह छैन …

के तिमीले कहिल्यै सोचेको छौं ?

शान्तिको रंग कस्तो हुन्छ?

सपना मनमा कुहिए पछी कस्तो गन्ध आउँछ  ?

भबिष्यलाई बर्तमानको दाउरोमा पोलेको छौं ?

मायालाई बुझाएको छौं  बिज्ञानका नियमहरु ?

अझ भनौ गणीतका नियमहरु ?

अर्थतन्त्रका नियमहरु  ?

 

बसेको छौ तिमी  अनिर्णयको चौतारीमा ?

थाह छ तिमीलाई, त्यो चौतारीमा  लाग्ने आत्मा सन्देहको बतासले कति किलो निउटनको धक्का हान्छ ?

गाड्न खोजेको छौ तिम्रा पाउहरु, आफ्नो परिचयको भुमीमा ?

तिमीले मान्ने गरेका कति कुराहरु काँच बनि खुट्टामा गडेका छन् ?

ढाका टोपी जसरी लगाएको  छौ तिमीले आफ्नो पैतालाका खीलहरु  ?

 

तिमीलाई केहि थाहा छैन

तिमी त दुर्योधन हौ, कृष्णको बारेमा तिमीलाई के थाह,

तर खुब चिनेको जस्तो गर्छौ |

 

तिमी  त द्रोणआचार्य हौ, यो व्यवस्थालाई युधिस्ठीर ठानेर बसेको छौ,

र खुब चिनेको जस्तो गर्छौ |

 

तिमीलाई केहि थाह छैन ||

 

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s