आउट रीच ऑफिस

मेरो मनले एउटा आउट रीच ऑफिस खोलेको छ-
मेरो जिब्रोमा,
त्यसैले नखाँदा पकवान मिठो, मन खिन्न हुन्छ मेरो
जब स्पन्ज जस्तो रसबरीलाई करेस् गर्छु
सेडिस्ट सन्तुष्टी हुन्छ यो मनलाई

नबत्याउदा मनका कुराहरु सुख्खा-सुख्खा हुन्छ
जिब्रो मेरो

यो जिब्रोको स्पर्श नशा सीधै मनको दैलोमा पुगेको छ होला
चुम्बन पनि यही बाटो भएर हिड्ने गर्छ
मानौ शरीरको यो सनननन बग्ने राजमार्ग हो
सेनसोरी पाथ भएर मनको पोखरीमा पुग्छ
वेभ फर्म एनर्जी मा परिणीत भई तरंगीत हुन्छ
त्यो चुम्बन शरीर भर

मनको ढुकढुकीलाई रिफ्लेक्ट गर्दै कहिले-काँहि पड्किन्छ पनि
मन शीतल हुदा मनको सिरेटो सुशेली बनि बग्छ पनि
थरथराहटमा मनको कहिले काँहि कैद हुन्छ अनि
बस्छ कसिएका दाह्राहरु बीच खुमचिएको तन्ना बनि
फैलीदैन यो जिब्रो
मन जति भत्भति पोले पनि

मेरो मनले एउटा आउट रिच ऑफिस खोलेको छ मेरो जिब्रोमा
कहिले-काँहि केहि अप्ठेरो परीस्थितिमा हेड आफिसबाट यो आउट रीच ऑफिसहरुसम्म शब्दहरु नआउदा घाँटीसम्म आइपूगेका भवनाहरु निकास गर्न सकिदैन
अनि मुलुकको कस्टम आफिस बन्द हुदा जसरी गाठो पर्छ राजधानीमा
यसरी नै जिब्रोले शब्द नभेटाउदा
हेड ऑफिसमा पनि गाठो पर्ने गर्छ
मनले पचाउन नसकेको कुराहरु मुखमा अमिलो बाडुली भई आउछन्
अनि ति बेला यि कुराहरु जिब्रोले साहस गरेर पठाउँछ पेटतर्फ
की त थुकि दिन्छ फेरी बाहिर

मेरो मनले एउटा आउट रीच ऑफिस खोलेको छ
मेरो जिब्रोमा
कहिले यो ऑफिस परराष्ट्र मन्त्रालयको काम गर्छ
कहिले यो रक्षा मन्त्रालय बन्छ
शिक्षा मन्त्रालय भन्ठानेका छन् सज्जनहरुले यसलाई
तर यो त सच्चा रंगशाला हो
मेरो मन को खेलकूद गर्ने ठेगाना-  मेरो जिब्रो…

Advertisements

One thought on “आउट रीच ऑफिस

  1. *मनले पचाउन नसकेको कुराहरु मुखमा अमिलो बाडुली भई आउछन्
    अनि ति बेला यि कुराहरु जिब्रोले साहस गरेर पठाउँछ पेटतर्फ
    की त थुकि दिन्छ फेरी बाहिर* 🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s