बगैचामा बस्दा म एकाएक पत्थर बन्ने गर्छु
अनि टवाल्ल परेर हेर्छु
छेउको अर्को ढुङ्गा
“के छ ब्रो” भन्छु
उताको ढुङ्गाले एस्सो इशारा गर्छ
“कति भयो बसेको ?” सोध्छु
“म त यहा बसेको दुई महीना भयो
कसैले अस्ति आएर शरीरमा रातो – टाउकोमा सेतो पोतेर गयो
अनि एतै बसे म, शोभा भए म “
बगरमा बस्दा म एकाएक पत्थर बन्ने गर्छु
अनि टवाल्ल परेर हेर्छु
छेउको अर्को ढुङ्गा
“के छ ब्रो” भन्छु
उताको ढुङ्गाले एस्सो इशारा गर्छ
“कति भयो बसेको ?” सोध्छु
“म त यहा बसेको दुई दशक भयो
अस्ति कोहि आयो निधारमा टिका लगाएर गयो
अनि एतै बसे , देउता भए म”
बसमा सफर गर्दा म एकाएक पत्थर बन्ने गर्छु
अन्तिम सीटमा सामान्य तय
कहिले काहि window सीटहरुमा
अनि टवाल्ल परेर हेर्छु
छेउको अर्को ढुङ्गा अर्को सीटमा
“के छ ब्रो” भन्छु
उताको ढुङ्गाले एससो इशारा गर्छ
“कति भयो बसेको ?” सोध्छु
“म त यहा बसेको दुई बर्ष भै सक्यो
एक दिन यसरी नै बस्दै थिए
कोहि आयो अनि बोकेर लाग्यो ओट लगायो
अनि सँगै राख्न थाल्यो
यतै बसे म, सहारा भए म
कहिले काँही हिड्दा हिड्दै
म पत्थर बन्छु, पत्थरै भएर हीड्छु
वरीपरी सबै मान्छेहरु काम गर्दै छन्
लुखुर लुखुर हिड्दै छन्
पत्थर त मै मात्रै हूँ की
मान्छेको बस्तीमा म ढुङ्गे।।