दुई कप चिया

त्यो हुन्छ नि
एक किसिमको हिमाल
जहाँ हिउदमा मात्रै हिउ पर्छ
तिम्रो चुचुरे नाक ठिक्क त्यति नै उठेको छ
मानौ चार हजार नौ सय उनान्सय मीटर

त्यो हुन्छ नि
एक किसिम को माछा
डल्ले होइन, लामो खाले, दोलालघाटमा पाइने जस्तै
तर सजिब अनि
सजिब सरि नै चन्चल
तिम्रा औंलाहरु ठिक त्यति नै चन्चल
र त्यति नै चिसो पनि

त्यो हुन्छ नि
एक किसिमको रङ्ग
जसरी गाडा रातोबाट मानौ सुन्तली भएको
अथवा गाडा प्याजीबाट नीलो
हिमालको सेतो बोकेर गण्डकी सेती भएकी जस्तै
खुईलिएर होस् या बाफीएर
त्यस्तै रङ्गको तिमी
दुधचियामै दुध पोख्खिएको

अनि
त्यो हुन्छ नि एक किसिमको
बादल, अलि बढीनै पानी बोकेको
झर्न तयार
त्यो बादलको शीतलता, त्यसको चन्चलता
धर्तीमा पस्न आतुर
र एक किसिमको रङ्ग
सुन्तला गम्भीरताले रातो भएको मानौ
आकाश व्यग्रताले प्याजी भएको मानौ
त्यस्तो रंगको म
धेरै समय पाकेको , कडा !
त्यै पनि सबैले भन्ने चै त्यो फिक्का चिया

अनि आज यो चिसो याममा
तिमी ताल भै बसेकी छौ
मेरा आँखाहरु पाताल भै तिमीलाई बोकेर थाकेका छैनन्
अनि हाम्रो बीचमा न्यानो पार्न
साहुनीले ल्याऊनु भएको दुई कप चिया
तिमीलाई कालो अनि मलाई सेतो।।

– समीप ढुङ्गेल

_______________

Bihana 10:02, December 26-Pokhara.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s