फूइमाने

म छु
मेरो भबिष्य छ
मेरो भुत छ
मुल भुत रुपमा मुला भुत
कतै भट्टीमा जाड खाईराको होला
तिम्रो भुत संग
हासो गर्दै होला
म माथि

म माथि आस गर्ने छन्
र त
म मा निरास पार्ने क्षमता छ
देखाऊ???
निरास पारेर !

कसलाई पारु निरास
तिमीलाई
मेरो भुत लाई
मेरो भबिष्यलाई ?

हेर त मेरो बर्तमान
बर्तै बर्त बसेर मुर्छा पर्न लागेकी सौभाग्य महिला जस्तै देखिन्छ
हेर त मेरो बर्तमान
तमाम मानहरुको ठेकेदार
हेर त मलाई
मेरो कवितालाई
आकार प्रकारको खनिज ले भर्न न सकेको यो मेरो दुब्लो कविता
मेरो बर्तमानी, अभिमानी कविता
कविता लेखेर – काम गरेको फुई लाउने मेरो बर्तमान
अनि मेरो बर्तमान ओगटेर फुई लगाउने मेरो कविता
मेरो नाम नै फूइमान रखेनी भो।

म छु
मेरो भबिष्य छ
मेरो भुत छ
मुल भुत रुपमा मुला भुत
कतै भट्टीमा जाड खाईराको होला
तिम्रो भुत संग
हासो गर्दै होला
म माथि
म, फूइमाने माथि !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s