मेरो त होइन

मेरो त होइन

मेरो त होइन
मेरो त पर्खाल छ
गेट छ
एउटा मोटो कुकुर छ

मेरो पनि होइन
दोकान छ
धन्दा चलेको थियो
अहिले आन्दोलन छ
बचत छ चलेकै छ

मेरो पनि होइन
मेरो त शीरक छ
छानो छ
च्यांग्रा छ खुकुरी छ अचानो छ

मेरो पनि होइन
मेरो त डिग्री छ
GRE छ, toefl छ
CGPA पनि गतिलै छ

मेरो पनि होइन
मेरो त शान छ
सरकार आफ्नै पार्टीको छ
गाउँमा सम्मान छ

मेरो पनि होइन
मेरो तलब त बेलायतले दिन्छ
चिटिक्कै सेतो गाडी छ
निलो plate छ

मेरो पनि होइन
मेरो त मन्दिर छ
भक्तहरु छन्
धर्म छ

मेरो पनि होइन
मेरो त श्रीमान छन्
छोरो छ
छोरी पनि छे

मेरो पनि होइन
जागिर छ
नजिकै छ
सजिलै पुगिएको छ

मेरो पनि होइन
सोलार छ, heater छ
अलि अलि कालो petrol बाकी छ
छोरीको electric scooter छ

मेरो त होइन- हुँदै  होइन

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s