भनु के गरि म, सकस कति हुन्छ

अन्धकारमा ज्योति खोज्नेहरु
आज अन्धकारलाई प्रकाश भन्दै बसेको देख्दा
दु:ख अति हुन्छ

भनु के गरि म, सकस कति हुन्छ

विचारको इन्द्रेणी पोत्ने कुचिकारले
सम्झौताको कलङ्कमा नुहाएको देख्दा
दु:ख अति हुन्छ

भनु के गरि म, सकस कति हुन्छ

मुलुकको लागि खोरमा बस्न तयार मुटुहरुले
आज मुलुकलाई खोरमा थुनेको देख्दा
दु:ख अति हुन्छ

भनु के गरि म, सकस कति हुन्छ

क्रान्तिको बिगुलमा नाच्ने पाइलाहरुले
आतंकको ताण्डव गरेको देख्दा
दु:ख अति हुन्छ

भनु के गरि म, सकस कति हुन्छ

Hear this on Soundcloud

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s