बेताल खाल्डो

फुर्सा सडकहरुमा
चिल्लो कामनाको भार लादेको छु मैले
यो बेताल खाल्डो भित्रका ससाना खाल्डोहरुमा
बस्तु स्थितिको चीउरालाई मनको अमिलोसँग साँधेको छु मैले
गम खाएर लगाएको भुडी
यी सडकका जिर्ण पेटीहरुले बाधेको छु मैले
म धरहरा रंगाउने आट बोकेको मान्छे
तर किस्मतले एक डोको कालो माटो दिएको छ
मेरा रहरहरुलाई यो सहरले
ढिलो बाटोको विकल्पमा हिलो बाटो दिएको छ
जसरी म कान्तिपुरका पानाहरुमा कान्तिपुरको पत्र पत्र कथा खोज्छु
त्यसरी नै मेरा फोक्सोहरु धुलोका पत्र-पत्र बीच हावा खोज्छन्
कानलाई संगीतले थुनेर मान्छे बोलेको हेर्छु
महादेव बस्ने तटको बिपरित तटमा बसेर
म कहिले काहिँ मान्छे पोलेको हेर्छु
बतासले सम्बेदना कोठैसम्म उडाई ल्याउछ
बाच्ने र बाच्न खोज्नेहरुको पो सम बेदना
मेरो मन मनमनै भस्म हुन्छ
एक ह्रास भरेको माटोलाइ सुन भनेर देखाउने यो सहरको
एक स्वास मुड्कीले मैले प्रतिकार गरेको छु
हर साँझ यो सहर मेरो आरति गर्छ,
उसको धप धप बल्ने सडक अलंकारले
उसको घुर घुर गर्ने सडक झंकार ले
तर म यो सहरको देउता होइन,
आफ्नो देउतालाई लड्डुपनि कोचेर खुवाउछ यो सहर
अनि खटाउछ !
कसैले फोहोर गर्ला कि भनेर पहरेदार
ठुलो चोकमा मुर्ति पहरेदार
सानो चोकमा टाईले तस्वीर पहरेदार
मेरो मुखमा त यो सहरले भोक कोच्ने गरेको छ
कस्तो यो सहर को स्वाद, कस्तो यो सहरको झोक !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s