मेलम्चीको बाडीफाट

बेलुका 4 बजे पछि
इस्कूल को घंटी लागे पछि
जून बेग र आतुरताको साथ बिद्यार्थीहरु दुगुर्दै
घरतीर हानिन्छन् त्यस्तै बेगमा
मेलम्ची उताउलीदै के के न पाउला भनी
दुगुर्दै मेरो अंगालोमा आई पुग्छिन्
तर मेरा बिशाल बाडी फाट हरु उनकै मायाको प्रकोपले
समय सँगै साल हर साल
हर साउने झरी सँग
हर भदौरे गीतसँग
हर अँधेरी स्नेहसँग
बडा बडा चौडा हुदैछन्
बडा बडा फैलि हुदैछन्

उनको आगमनमा
मैले उनलाई दिन सक्ने-
उनैले पोहोर साल ल्याई दिएको पहाड़ी कोसलीबाट
नीरस माटोका कणहरु छानेर केहि टल्टलाउदा प्रेमका पत्र
उनैले एकोहोर ताल ल्याई मेरो मस्तिस्कमा गुन्जाँऐको सुसेलीबाट
सरस सारा आवाजलाई ब्रह्माण्डमा पठाई, उन्लाई बिश्राम
उनको थकित दौडपछि लखतरान मेरो छातीमा
खुट्टा फैलाई, ओल्टि-पल्टी गर्न एक उपत्यका निंद्रा
उनका एक टक टाँगा तान्ने घोडाको जस्तो अगाडि मात्रै हेर्ने नज़रलाई मेरो कान नेर कुनै युवतिले काईयोले सरक्क मिलाएको कपाल जस्ता टक्क टक्क टक्क परेका कान्लाहरुले गह भरी उनकै शीतलता बोकेर मन्द मुस्कान छोड़ेको दृश्य

बिहान जून संकोच र अनमनले एउटा बिद्यार्थी घरबाट इस्कूल तिर निस्कन्छ तेस्तै उत्साहको साथ निस्किन्छिन्
अर्को बॉडीफाट सम्म
अर्को माया सम्म
अरु कोसली कोतर्दै बाटोमा
मैले उनलाई खाजा भने केहि हाल्न पाईन।।।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s