यो खस्ने देश

यो खस्ने देश,
यो खस्किदो देश

कहिले पहाडबाट ढुङ्गा  खस्छ,
कहिले पहाडै खस्छ,
तर यहाँ सगरमाथा को उचाई पक्का बढ्छ ।

यहाँ बजार बढ्छ, जग्गा जमिन बढ्छ
ठाउँ बढ्छ,
तर मान्छेको भाउ – खस्छ !
दाम बढे पुग्ने, यो देशमा
हरेक दिन देशकै नाम खस्छ
अनि ज्यान खस्छ,
जीप खस्छ,
सीप खस्छ,
साँझ पर्छ अनि स्विचाटारमा दीप खस्छ ।

यहाँ चोक-चोकमा मन्दिर खस्छ,
ति मन्दिरहरुमा मानिसको टाउको खस्छ,
अनि खसी-बोका को पनि जरुर खस्छ ।

यहाँ सदन बस्न त बस्छ
तर त्यहाँ पनि समय खस्छ,
खस्रो वाद खस्छ,
अशोभनिय संवाद खस्छ ।

एयरपोर्टमा विमान चड्छ,
तर डिपार्चरमा आशु खस्छ,
मन्त्रालयमा यन.ओ.सी  खस्छ,
नयाँसडकमा माछा झुन्डिएको भवन छ अरे,
सुन्छु म त्यहाँ चिट्ठामा देश खस्छ !

Advertisements

One thought on “यो खस्ने देश

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s