म यो कथा को पात्र

यो मेरो कथा हो
म यो कथा को पात्र
मेरो मन को दुख
मेरो मन मा मात्र
यो सागर सरि छ दुनिया
यो जिन्दगि एक यात्रा
म बिहार देखिन मन्दिर सम्म
गुन्जिने ओम मन्त्र
बिश्वास को पुल छ
मेरो मन भित्र
तर यो दुनिया नै मेरो सत्रु
यो दुनिया नै मेरो मित्र
मा बागमती तट हु
पीपल बोट मुनि को जिर्ण मठ हुँ
म हराएका धर्म ग्रन्थ मा
बाच्ने गर्छु, देवकोटा को निबन्ध मा
स्वास फेर्छु म स्वस्ति बाचन मा
मेरो अस्तित्व को लेखा जोखा मेरो कर्म को निर्वाचन मा
यो मेरो दोश्रो जीवन हो
परमेश्वोर को आश्वासनमा
म पत्थर फोडी निस्कने ईश्वर को दास होइन
मलाई आखा छोपी अन्धो बन्ने प्यास छैन
मेरो आत्मा यो ब्रह्माण्ड को सार हो
म एक्लो सारा समाज हो, म आफ्नै परिवार हो
बिहानी को सुगा जस्तै , म सुन्दर कल्पना को माध्यम
मेरो स्वर नै पुष्पम् : अर्घ्यम् : जल र पादयं
शिव खोज्न म मन्दिर जान्न
तर शिव भन्दा पर मा आफु लाइ ठान्न
म म्रिघस्थाली मा उफ्रने हरिण को चन्चल मन हुँ
म कोशी म बग्ने गंगा को कन्चन जल हुँ
बन बन घुम्ने बाघ को प्रचण्ड गर्जन हुँ
र कोइलि को मन छुने मिर्मिर को स्पन्दन हुँ
म युद्ध बाट उत्पन्न शान्ति जस्तै
अस्थिर छु
तर मानब नस मा बसेको अशान्ति जस्ती
अटल छु
म समय को पाबन्द होइन, समय मेरो संगिनी हो
म नर्तक हुँ सुन्दर असार को, मेरो नृत्य इन्द्रेणी हो
म कुहिरोमा अल्झने काग होइन
म दाउ छोपी बसेको बाघ हो
मा गरुड को भय नगरी स्फुर्त घुम्ने नाग हो
र अप्रभंस भएका कथा हरु नै, यो समाज लाइ अभिसाप हो
म जननी हो, म जनक हो
म सोच र ज्ञान हो, म नै सनक हो
मेरो यो माटो को शरीर, सुर असुर र सृस्टी सारा हो
मेरो जीवन कविता लेख्ने मसि हिमालय को धारा हो
म देश हो म टोपी हो
म उच्च कन्दरामा भेटिने, अनौठो खोपी को
रहस्य मा रमाउने, म रहस्य खोजि को
प्रक्रियामा हास्ने, त्यो सुन्दर जोगी को
कमण्डलु मा नाच्ने बिशाल सागर हो
म रक्षक हु नेपाल को !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s