चुराको गीत

बेलुकी को भात ले मात लागे झैँ
कुम्भ कर्ण लाइ identity crisis दिने सुरमा
म भुस्  छु!
बिहान सात बजेको छ
मेरो बिछ्यौना छेउ को chinese घडी म जस्तै अल्छि छ
किन हो कुन्नि 6:30 को अलार्म कहिले बज्दैन!
 मेरो कान मा  पर्ने पहिलो आवाज….
मेरी आमाको हातका चुराहरु एकअर्कासँग
लडिबुडी खेल्दै खन्-खन् गर्छन
आमाको हात हरेक बिहान गाईको काचो  दुध गन्हाऊछ
गोठालो दाई हामी कहा दुध ल्याउने मान्छेको नाम हो
उसले देख्ने बिहानी सायद अरु कसैले देख्दैन होला
तर उसको बिहानी दौड हाम्रो घरमा आएर बीचकिन्छ
ठिक उसै समय पहाड बाट रवि  निस्किन्छ
अनि क्यान देखि किटली सम्म दूध सररर
आमा को हात मा केहि छिटा  पर्छन्
मैले सुन्ने मिरमिर को चिरबिर गीत चराको होइन
चुराको हुने गरेको छ
अन्धकार चिर्रदै भान्सामा आमाका हातहरु
clockwork झैँ चल्छन्
पहिले दुध बसाल्ने, अनि चिया दानी मा चिया
चिया को सुगन्ध बाबाको alarm clock हो
र त्यो alarm clock  को battery मेरी आमा
मेरो बिहानी सधै गाई  को काचो दुध गन्हाऊछ
आमा को हातले ओइ बाबु उठ ” भन्दै घच-घच गर्छन
आज पनि कुम्भ कर्ण बन्ने सपना अपुरै रह्यो
जमाना को कुरा हो
आमा पधेरो धाउथिन रे
हिजोआज मोटर को तार मा इतिहास अटाउछ
बिहान micorwave  मा पाउरोटी तात्छ
आमा लाइ खुब आराम छ न दाउरा न आगो
अब त धुँवा भनेको- बाबा को surya classic
र आमा को seven star अगरबत्ती भन्दा बाहेक अरु कतै बाट निस्किन्न
घर मा नित्य पुजा बाबा गर्नु हुन्छ
सामग्री आमा जुटाउ छिन्
फुल कलिलो अनि रंग उज्यालो
अनि मन्द मन्द गोकुल धुप को वास्ना
मन कृष्ण कृष्ण गर्न बिबस नै हुन्छ
तर आम धर्म  पढाउदिनन, पढाउन जान्दिनन् क्यारे
आमा मान्छे लाई  नमस्ते गर्न सिकाउ छिन्
बाबा देउतालाइ
मलाई भने देउता लै भन्दा मान्छेलाइ नमस्ते ठोक्न
गज्ज़ब रमाइलो लाग्छ
आमाको दाहिने हात भुङ्ग्रोले पोलेको छ

जमानाको कुरा हो रे
मैले त भुङ्ग्रो भन्ने जन्तु  देख्या पनि छैन
कालो, घिन लाग्दो, हावा खान्थियो अनि आगो ओकल्थियो रे
आमा यस्तै दानवहरुसँग  भाडा कुटी खेल्दै हुर्किनु भो
आमाको त्यहि साहसले गर्दा आज घरमा माम पाक्छ
आमाका  हातका  चुराहरु दिन भर खन्किन्छन्
आमा पनि एता-उता गर्छिन्
बस् ! लुगामा साबुन लगाउदा प्याट-प्याट फुटछन् क्यारे
कहिले  काहिँ आमा बाझो हात ले लुगा पसारछिन्
तर किन हो कुन्नि बाबालाई आमाको बाझो हात मनपर्दैन
बाबालाई आमाले धपेडी मरेको मन पर्दैन कि ?
बाबालाई चुरा खुब मनपर्ने हो !
बा को कुरा बा ले नै जानूँन्
मलाई त आमाको हातका चुरा चुपचाप बसेको हेर्न रहर लाग्छ
मेरो कपाल मुसर्र्दा, सुसाउछन् काँचका थकित बाला हरु
हातका सुन्दर कडीहरु
सुन्दर हातका कडीहरु
हातकाकडीहरु
हातकाकडीहरु
हत्कडीहरु ! हत्कडीहरु !
तीस दिन बाबा पसिन  गन्हाऊछन्
अनि बल्ल घर मा पैसा को बास्ना आउछ
हाम्रो सुनसान घर एकाएक बाहुनडाँगी हुन्छ
हात्ति हरु चहल पहल को साथ घर भित्र पस्छन्
पातला र कडक हात्तिहरु
हाम्लाई इस्कुल लैजाने हात्तिहरु
माम खुवाउने हात्तिहरु
नाना दिलाउने हात्तिहरु
अनि सारा हात्तिको बथान चलाउने आमाका हातहरु
एक दिन को कथा म सुनाउछु
सरकारको कर्मचारी आयो
हाम्लाई कागज देखायो
हाम्लाई संख्यामा चडायो
चार जन को परिवार
दुइ सन्तान,
बा खरदार
अनि
मेरो कर्मनिष्ठ आमाको नामको बगल मा लेख्यो – ‘बेरोजगार’ !
Advertisements

7 thoughts on “चुराको गीत

  1. “चिया को सुगन्ध बाबाको alarm clock हो
    र त्यो alarm clock को battery मेरी आमा” ….man .. you got it…Kudos!!

  2. अहिलेसम्मको तपाईंको कविता मध्यमा सबैभन्दा मन परेको कविता हो यो 🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s