मेरो कथन – म पुराण

म प्रकृति का हजारौ अप्सरा हरु संग खेल्छु

म नदि को गुन्जन संगै गुनगुनाउ छु

मेरा भावना हरु चरी को गीत जस्तै

चिरबिर गर्छन्  कोरो पानाहरुमा

म साहित्यको सीमा हरु मीचेर लेख्छु

मलाई बाद मा   जोड्न चाहने हरु को घुइचो छ  |

म स्वछन्द भएर बाच्ने रहर पालेको साधारण मानव हू

म भाषा को प्रयोक्ता हू

कोहि मलाई कवि  भन्छन्

कोहि गीतकार

अझ  कोहि मलाई बौलाह भन्छन्  !

म नाइँ भन्दिन !

तिम्रो सिस्टताको खोक्रो परिभासा भित्र  म अट्टआउदिन भने

मलाई त्यो परिभाषामा न राख्नु नै बेस

 

” तिमि निकै शान्त किसिम को मान्छे रहेछौ ” भन्छन्

मुर्ख प्राडी !

मेरो जति आन्दोलित मन त कसको होला र !

तर  तिमि आवेग मा बग्ने तरल आत्मा

मेरो भने  चेतन

मेरा सोच को गहिराही तिम्रो अस्तित्व भन्दा अपार छ

यो महत्व को ज्ञाता फेरी मै मात्र

मेरो संसार को मध्ये बिन्दुमा , म !

मेरो आकर्षण को केन्द्र,  मै !

मै ब्रह्म , मै महेश !

मेरो गुरु प्रकृति , केवल प्रकृति !

म प्रकृतिको भाषा अनुबाद गरेर लेख्छु

मेरो कविता मबाट त निस्किन्छन

तर

यी  मेरा अनुभब मात्रै हुन्

यिनका जन्मदाता-

पिपल गाछी मुनि को शीतलता

हिमाल को सुन्दरता

आकाश को ब्यापकता

हावा को सुन्यता

प्रिथिबी को सत्यता

भोक को क्रूरता

र मेरो आत्मा को आवश्यकता हुन्

 

मेरा मुर्ख मानब बन्धु हरु

के तिम्रो इतिहास हो कुनै पनि किताब मा

तिम्रा कानुन का दफा हरु मा

तिम्रो समाज का संरचना मा

मेरो अस्तित्व को समान स्थान छ?

यदी छैन भने,

शाब्दिक अर्थ मात्रै बुझ्ने जात का धरोहर हरु

मानब समबेदना का  कुलंघार हरु

मलाई अज्ञात सोच को चिन्तक  भने हुन्छ !

 

Samip Dhungel

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s