कालिदास

कतै कतै

सुनसान रातमा

बेलुकी, जुनको जुनेली सँगै

कालरात्री, रौद्रा र बिनाशिनी  झर्छन् रे

अनि सँगसँगै – माटोका थुप्रा र पानीको भेल

मान्छेको छातीमा लडिबुडी गर्न आइ पुग्छन्

मेरा मांसपेसीहरु rubber band झैँ तन्किएका छन्

चुडीन तयार !

आज मेरै कर्मको परिधि मलाई छोप्न आइपुगेको  छ ।

न सहरमा त्यो बात छ,

न त गाउँमा त्यो आनन्दको रात छ,

मेरा पुर्खाले खनेका कान्लाहरु खस्लान भन्ने पीर छ

छ त मनमा भयङ्कर ठुलो भीर छ

अनि म, त्यहि भीरको डीलमा बसेर एक टक हेर्दैछु

त्यो जल को जलन

हिमालयको गर्भ स्थलमा रगतका दागहरु

पुरिएका हातहरु, अनि निसासिएका स्वासहरु

शान्त हिम नदिहरु आक्रोशित भएका छन्

कुनै बुढो अनुहारमा चाउरी परेको जस्तै

पहाडहरुमा सुकेका खोला र झुकेका टाकुराका डोबहरु

तराईको गर्मि पहाड तीर बसाई सरेको छ

एक्लो त्यो बयर को रुख कुनै अघोरी जस्तै

सैयौ, सैयौ, सैयौ सीसौको अन्तिम संस्कार हेर्दो हो

अनन्त सुन्दर समतल खेतहरु बगर बगर बगर भएका छन्

मन बालुवा बालुवा भएको छ

मेरो मुमाले धाउने पधेरो, अधेरो भएको छ

जमानामा त बुवा सुनकोशीको लहरमा जाइ लाग्थे रे

हिजो आज सुनकोशी सहरहरुमा आईलागेको छ

क्षण भंगुर त्यो अंगुरको आशमा

जंगे जस्तै अन्धो मिसनको प्यासमा

पैसा-पैसा भन्दै

हामी समय कालचक्रको टुप्पोमा पलाएका टुसाहरु

स्याउ-स्याउ-स्याउ-स्याउ गर्ने मुसाहरु

टुप्पो मा बसी फेद काट्ने

उत्तर आधुनिक सोचका

आत्माभक्षि कालिदासहरु !

हिजो आज यहि देश मा

सुनसान रातमा

कहिले कहिँ

यी बिशाल र अटल भनाउदा  हिमालहरु पनि

खुट्टैमुनिबाट सुटुक्क फुस्किन्छन् रे ।।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s